• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: खड्का जी ....


उही माइलो काजि,
घर आउने बित्तिकै खड्कीनि भाउजु ले थोरै लजाउदै, थोरै मस्किदै भनिन-
"सुन्नुस न, मेरो महिना नाघीसकेको छ ,
सायद म आमा बन्दै छु ।
जँचाउन गएको थिएँ
भोली रिपोर्ट आएपछी थाह हुन्छ रे !"
यो तेस्रो पटक थ्यो, दुइ बच्चा पहिला नै भै सक्या छन् खड्का जी का !
दुइ सन्तान इश्वर को बरदान ! सरकारी नारा नै छ आजकल !
सुन्ने बित्तिकै खड्का जी आत्तिए ! अब के होला भन्ने सोच्न थाले !
यत्ति मात्र भाउजै ले दाजै लाइ के सुनाकी थिन,
फोन को घन्टी बज्यो-
भाउजै ले फोन उठाइन,
फोन 'नेपाल विद्युत प्राधिकरण' बाट थ्यो !
उता बाट आवाज आयो-
'हेलो म ने.वि.प्रा. बाट बोल्दै छु,
तपाईँलाई थाहा छ ? तपाईँको महिना नाघीसकेको रैछ नि' !
भाउजै-हे भगवान !
तपाईँलाई कसरी थाहा भो?
उता बाट फेरी भन्यो-
'हामीलाई सबैको थाहा हुन्छ ,
हाम्रो फाईलमा सबैको रेकर्ड हुन्छ' ।
भाउजै ले आत्तिदै खड्काजी लाइ फोन दीइन,
अनि खड्का जी ले जंगिदै भने-
"यसरी सबैको रेकर्ड राख्दै फोन गर्न लाज लाग्दैन' ?
उता को मान्छे नम्र भएर भन्छ-
'के को लाज खड्का जी ?
यो त हाम्रो ड्युटी हो' !
खड्का जी ले नम्र हुदै सोधे-
'अब मैले के गर्नु पर्यो त' ?
उता बाट सम्झाइयो-
'केहि गर्नु पर्दैन खड्काजी, पैसा तिरे पुग्छ' !
खड्का जी न हुन् आँडे कुरा गर्छन,
सोधे-
'पैसा तिरिन भने' ?
उताको मान्छे ले सम्झायो-
'पैसा नतिरे त हाम्रो नियमै छ ,
७ दिन भित्र तपाईँको काटिने छ । हामि काट्न बाध्य हुने छौं' !
खड्का जी अचम्म मा परे ! अनि फेरी प्रश्न गरे-
'केरे? काट्ने रे ? त्यसरी काटे पछि मेरो बुढीको के हुन्छ' ?
उता को मान्छे ले सम्झायो-
'खै अब त्यो त मलाई थाहा छैन के हुन्छ !
सायद क्यान्डल ले काम चलाउनु पर्छ होला..
सोध्नुस भाउजै लाइ,
क्यान्डील ले काम चलाउन सक्नु हुन्छ कि सक्नु हुन्न ?